सरकारलाई सत्तापक्षकै सांसद्को प्रश्न- खाना पकाउने ग्यास कसले, कहाँ लुकायो ? « Khabarhub

सरकारलाई सत्तापक्षकै सांसद्को प्रश्न- खाना पकाउने ग्यास कसले, कहाँ लुकायो ?


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मोहनलाल आचार्यले ग्यासको सहज आपूर्ति गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद आचार्यले मन्त्रीले सदनमा ग्यास अभाव नभएको बताए तापनि अझै ग्यासको चरम अभाव देखिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्  ।

उनले ग्यासको सहज आपूर्तिका लागि कसले, कहाँ र कसरी लुकाएको छ भन्ने विषयमा तत्काल खोजतलास र छानबिन गर्न माग गरे  ।

उनले ग्यासको वैकल्पिक व्यवस्थाका रूपमा विद्युत् प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै ५ प्रतिशत भ्याट लगाउने विषयमा पुनर्विचार गर्न आग्रह गरे । 

सांसद आचार्यले उपभोक्ताहरूलाई सहज वातावरण निर्माण गर्न वैकल्पिक ऊर्जाका स्रोतहरूको प्रवद्र्धन र प्रभावकारी व्यवस्थापन गर्न आग्रह समेत गरे । 

बैठकमा रास्वपा सांसद रञ्जु दर्शनाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नहुँदा नागरिकहरू बिचल्लीमा परेको भन्दै तत्काल यसलाई व्यवस्थित र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । 

नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका ग्राहकहरूको भदौ २४ गते लुटिएको सुन फिर्ता नपाएको र बजार भाउ अनुसार क्षतिपूर्तिसमेत नपाएको भन्दै पीडित नागरिकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिन् । 

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १२ : ५२ बजे

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु