सरकारसँग सांसद राईको आक्रोश : गाँजालाई चिन्न नसकेर बर्बाद हुँदैछौँ, जेल भर्दै जाँदा जनताले विद्रोह गर्छन् « Khabarhub

सरकारसँग सांसद राईको आक्रोश : गाँजालाई चिन्न नसकेर बर्बाद हुँदैछौँ, जेल भर्दै जाँदा जनताले विद्रोह गर्छन्


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले नेपालमा गाँजा खेतीलाई वैधानिक बनाएर व्यावसायिक उत्पादन र प्रशोधन गर्न सके देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८३/८४ माथिको छलफलमा बोल्दै राईले गाँजा खेती र बिक्रीको आरोपमा धनकुटाका सयौँ युवा जेलमा रहेको भन्दै सरकारले यस विषयमा तत्काल कानुन बनाउनुपर्ने माग गरे ।

‘गाँजा खेती लगाउँदा र बेच्दा अहिले धनकुटाका सयौँ युवा जेलमा छन् । पूर्वका कयौँ जेल भरिएका छन्,’ उनले भने । राईले आफूले यसअघि पनि गाँजा खेती खुला गर्नुपर्ने विषय संसद्मा उठाउँदै आएको बताए । गाँजा खेतीलाई आर्थिक समृद्धिको सम्भावनाका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो ।

‘गाँजा खेती आर्थिक समृद्धिको बाटो हो । नेपालका जुन हिमाल, पहाड, तराई खेती गर्न सकिन्छ,’ उनले भने, ‘गाँजा खेतीको विधेयक बनाउँ, देशलाई पनि फाइदा हुन्छ भनेको हो । तर सरकारले सुन्दै सुनेन।’

उनले विश्वका विभिन्न देशमा गाँजा खेतीलाई कानुनी मान्यता दिइएको दाबी गर्दै नेपालले पनि यसको व्यावसायिक सम्भावना उपयोग गर्नुपर्ने बताए ।

राईले गाँजाको व्यावसायिक खेती, संकलन केन्द्र र प्रशोधन उद्योग स्थापना गर्न सके हजारौँ युवालाई रोजगारी दिन सकिने बताए । यसले पहाडी क्षेत्रमा भइरहेको बसाइँसराइ रोक्नसमेत सहयोग पुग्ने उनको तर्क थियो ।

‘गाँजा खेतीलाई व्यावसायिक रूपमा गरेर संकलन केन्द्र खोली प्रशोधन गर्न सकिए हजारौँ युवाले रोजगारी पाउँछन् । गाँजा खेती थाल्न सके पहाडको बसाइँसराइ पनि रोकिन्छ,’ उनले भने ।

गाँजाबाट औषधि उत्पादन गर्न सकिने भन्दै उनले प्रशोधन केन्द्र स्थापना गरेर औषधिजन्य उत्पादनतर्फ लैजानुपर्ने बताए ।

‘गाँजाबाट औषधि बनाउन सकिन्छ । त्यसका लागि प्रशोधन केन्द्र खोल्न सकिन्छ । गाँजा अनेक बिरामीको औषधि हो । धेरैवटा रोगको उपचार हो गाँजा,’ राईले भने ।

उनले गाँजाबाट टोपी, लुगा, मोजालगायतका सामग्री उत्पादन भइरहेको उदाहरण दिँदै नेपालमा गाँजाको व्यावसायिक उत्पादनमाथि प्रतिबन्ध किन लगाइएको हो भन्दै प्रश्न गरे ।

राईले गाँजा खेतीको आरोपमा धनकुटाका स्थानीय पक्राउ परेको विषयसमेत संसद्मा उठाए । उनले हरि ओझालाई गाँजा खेतीको आरोपमा प्रहरीले बजार घुमाएको तथा विष्णुमाया याख्खा र प्रेम राईलगायत पक्राउ परेको बताए ।

गाँजा खेतीमा प्रतिबन्ध लगाइरहँदा स्थानीयमा असन्तुष्टि बढिरहेको भन्दै उनले सरकारलाई चेतावनीसमेत दिए ।

‘गरिखान खोज्दा सरकारले बन्देज लगाइदिँदा अर्को विद्रोह हुन्छ,’ उनले भने, ‘यस्तो स्थितिमा गाँजालाई वैधानिक बनाई खेती गर्न दिइएन भने धनकुटाका १ लाख ८५ हजार ९८५ जनाले सरकारमाथि धावा बोले के हुन्छ ?’

उनले गाँजाका नाममा सयौँ युवा जेलमा रहेको र गाँजा व्यापारीलाई प्रहरीले पछ्याउँदा ज्यान जाने अवस्थासमेत रहेको बताए ।

‘गाँजा खेतीलाई चिन्न नसके हामी बर्बाद हुँदैछौँ । जनतालाई धनी बनाउने कुरामा नरोकौँ,’ राईले भने, ‘सरकार देशलाई धनी बनाउँछु भन्छ तर नजिकैको धनी हुने उपाय चिन्न सक्दैन।’

उनले गाँजा खेतीलाई वैधानिक बनाउन आवश्यक कानुन निर्माणमा ढिलाइ नगर्न सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १२ : ५३ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड