‘छक्का पञ्जा’ र ‘कबड्डी’ टिमको रेकर्ड ब्रेक गर्दै ‘गौँथली’ अगाडि « Khabarhub

‘छक्का पञ्जा’ र ‘कबड्डी’ टिमको रेकर्ड ब्रेक गर्दै ‘गौँथली’ अगाडि


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कपिल रिजालको निर्देेशनमा बनेको ‘गौँथली’ले हिट फिल्म दिँदै आएका दुई टिम ‘छक्का पञ्जा’ र ‘कबड्डी’ को बक्स अफिस रेकर्ड ब्रेक गर्दै अगाडि बढेको छ ।

‘गौँथली’ले २३ करोड ५५ लाख ग्रस कलेक्सन गर्दै उक्त दुई टिमका सबै फिल्मलाई बक्स अफिसमा पछि पारेको हो ।

साउन १ बाट प्रदर्शनमा आएको ‘गौँथली’ले साउन ३१ सम्म उक्त ग्रस कलेक्सन गर्दै सबैभन्दा बढी व्यापार गर्ने दोस्रो नेपाली फिल्म बनेको छ । चलचित्र विकास बोर्डका अनुसार उक्त अवधिमा यस फिल्म हेर्नका लागि ८ लाख ५५ हजारभन्दा बढी टिकट किनबेच भएको छ ।

सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । यसको ग्रस कलेक्सन ४६ करोड ७० लाख छ ।

‘गौँथली’अघि सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने दोस्रो फिल्म ‘कबड्डी ४’ थियो । यसको ग्रस कलेक्सन २१ करोड ४० लाख छ । रामबाबु गुरुङ निर्देशित र दयाहाङ स्टारर उक्त फिल्म अब तेस्रो स्थानमा झरेको छ ।

‘छक्का पञ्जा’ टिमको सर्वाधिक हिट फिल्म ‘छक्का पञ्जा ४’ हो । जसको व्यापार १७ करोड ५३ लाख छ ।

हिट फिल्म दिने दुवै टिमलाई ‘गौँथली’ले पछाडि पार्दै असामान्य व्यापारिक सफलता हात परेको हो । बजारका चल्तीका मेकरहरुलाई नयाँहरूले बक्स अफिसमा चुनौती दिइरहेका छन् । त्यसैको पछिल्लो उदाहरण ‘गौँथली’ हो ।

‘गौँथली’को शीर्ष नायक अरुण क्षेत्री र नायिका सिम्रन पन्त हुन् ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ४ : २९ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई