‘छक्का पञ्जा’ र ‘कबड्डी’ टिमको रेकर्ड ब्रेक गर्दै ‘गौँथली’ अगाडि « Khabarhub

‘छक्का पञ्जा’ र ‘कबड्डी’ टिमको रेकर्ड ब्रेक गर्दै ‘गौँथली’ अगाडि


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कपिल रिजालको निर्देेशनमा बनेको ‘गौँथली’ले हिट फिल्म दिँदै आएका दुई टिम ‘छक्का पञ्जा’ र ‘कबड्डी’ को बक्स अफिस रेकर्ड ब्रेक गर्दै अगाडि बढेको छ ।

‘गौँथली’ले २३ करोड ५५ लाख ग्रस कलेक्सन गर्दै उक्त दुई टिमका सबै फिल्मलाई बक्स अफिसमा पछि पारेको हो ।

साउन १ बाट प्रदर्शनमा आएको ‘गौँथली’ले साउन ३१ सम्म उक्त ग्रस कलेक्सन गर्दै सबैभन्दा बढी व्यापार गर्ने दोस्रो नेपाली फिल्म बनेको छ । चलचित्र विकास बोर्डका अनुसार उक्त अवधिमा यस फिल्म हेर्नका लागि ८ लाख ५५ हजारभन्दा बढी टिकट किनबेच भएको छ ।

सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । यसको ग्रस कलेक्सन ४६ करोड ७० लाख छ ।

‘गौँथली’अघि सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने दोस्रो फिल्म ‘कबड्डी ४’ थियो । यसको ग्रस कलेक्सन २१ करोड ४० लाख छ । रामबाबु गुरुङ निर्देशित र दयाहाङ स्टारर उक्त फिल्म अब तेस्रो स्थानमा झरेको छ ।

‘छक्का पञ्जा’ टिमको सर्वाधिक हिट फिल्म ‘छक्का पञ्जा ४’ हो । जसको व्यापार १७ करोड ५३ लाख छ ।

हिट फिल्म दिने दुवै टिमलाई ‘गौँथली’ले पछाडि पार्दै असामान्य व्यापारिक सफलता हात परेको हो । बजारका चल्तीका मेकरहरुलाई नयाँहरूले बक्स अफिसमा चुनौती दिइरहेका छन् । त्यसैको पछिल्लो उदाहरण ‘गौँथली’ हो ।

‘गौँथली’को शीर्ष नायक अरुण क्षेत्री र नायिका सिम्रन पन्त हुन् ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ४ : २९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर