इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त « Khabarhub

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरलाई फिफाले बर्खास्त गरेको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विवादास्पद व्यावसायिक योजनाको कडा आलोचना गरेको तीन साताभन्दा कम समयमै लामोरलाई जिम्मेवारीबाट हटाइएको हो ।

बीबीसी स्पोर्टका अनुसार फिफाले सोमबार लामोरसँगको कार्यसम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेको छ । फिफाका प्रवक्ताले लामोरले दुई वर्ष गरेको सेवाका लागि धन्यवाद दिँदै उनको आगामी भविष्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सोमबार साँझ कर्मचारीलाई पठाएको इमेलमा फिफा र लामोर ‘अलग हुने सहमतिमा पुगेको’ जानकारी दिएका थिए ।

लामोरले गत महिना इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ (एफएफई) योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए । उनले उक्त योजना ‘एक व्यक्तिको परियोजना’ भएको टिप्पणी गर्दै फुटबलका राजनीतिक नेतृत्वले सही प्रश्न सोध्ने र सही निर्णय गर्ने समय आएको बताएका थिए ।

उनले अहिले रोकिएको उक्त योजनाबारे फिफाको प्रशासन नै ‘छलिएको’ दाबीसमेत गरेका थिए ।

‘हाम्रो उद्देश्य, फिफाका सयौँ समर्पित र उत्कृष्ट कर्मचारीको उद्देश्य, फुटबलको सेवा गर्नु हो,’ लामोरले भनेका थिए, ‘अध्यक्षले मानिसहरूलाई एकताबद्ध गर्न र प्रेरित गर्नुपर्छ । अहिले हामी यसको ठीक विपरीत अनुभव गरिरहेका छौँ।’

आफू फिफाप्रति जिम्मेवार रहे पनि केही मूल्य र सहकर्मीप्रतिको समर्थनप्रति पनि आफ्नो दायित्व रहेको लामोरले बताएका थिए । ‘यदि त्यसको अर्थ मैले जागिर गुमाउनुपर्छ भने पनि त्यही होस्,’ उनले भनेका थिए ।

लामोरले सन् २०२४ को नोभेम्बरमा फिफामा प्रवेश गरेका थिए । यसअघि उनी यूईएफएका उपमहासचिवका रूपमा कार्यरत थिए । उनी इन्फान्टिनोभन्दा दुई तह तलको व्यवस्थापकीय जिम्मेवारीमा थिए ।

यसै महिनाको सुरुवातमा मोरक्कोमा भएको एक बैठकमा फिफाका वरिष्ठ अधिकारीहरूले इन्फान्टिनोलाई समर्थन जनाएका थिए । तर उक्त बैठकमा लामोरलाई बोलाइएको थिएन ।

के थियो इन्फान्टिनोको योजना ?

इन्फान्टिनोले फिफाका सबै प्रतियोगिता, विश्वकपसहित, को व्यावसायिक तथा टिकट बिक्री अधिकार व्यवस्थापन गर्न ‘फिफा फर्वार्ड इन्टरप्राइज’ नामको नयाँ कम्पनी स्थापना गर्ने योजना अघि सारेका थिए ।

उक्त कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने प्रस्ताव आएपछि योजनाको व्यापक आलोचना भएको थियो । त्यसपछि फिफाले उक्त योजना स्थगित गरेको थियो ।

यूईएफए, उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल नियामक संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी) ले योजनाको सार्वजनिक रूपमा विरोध गरेका थिए । यूईएफएले योजना अघि बढे विश्वकप बहिष्कार गर्ने चेतावनीसमेत दिएको थियो ।

योजनाको विरोधकै क्रममा इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले पनि राजीनामा दिएका थिए ।

योजना रोकिएपछि यूईएफए र कन्काकाफले आगामी मार्चमा हुने फिफा कांग्रेसमा चौथो कार्यकालका लागि इन्फान्टिनोलाई समर्थन नगर्ने घोषणा गरेका छन् । यद्यपि अफ्रिका, दक्षिण अमेरिका र ओसिनियाका फुटबल महासंघहरूले इन्फान्टिनोलाई समर्थन गरेका छन् ।

सोमबार स्कटल्यान्ड फुटबल संघले पनि इन्फान्टिनोलाई समर्थन नगर्ने घोषणा गरेको छ । यसअघि इंग्ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र आयरल्यान्डले पनि उनको समर्थन फिर्ता लिइसकेका छन् ।

फुटबल सुशासनसम्बन्धी संस्था फेयरस्क्वायरले इन्फान्टिनोलाई पुनः अध्यक्षमा उम्मेदवार बन्न नदिन फिफालाई आग्रह गर्दै पत्रसमेत पठाएको जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १ : १४ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर