वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु « Khabarhub

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई आफूहरूले सदनमा खोजिरहेको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद पुनले चूनावका बेला गरेका प्रतिवद्धताबारे चासो राख्दा मत फिर्ता लैजानु भन्ने जवाफ दिएका गृहमन्त्रीलाई आफुहरुको पनि धेरै प्रश्न रहेकाले सदनमा खोजिरहेको बताएका छन् ।

उनले देशभर भइरहेका प्राकृतिक विपद्, त्यसको पूर्वतयारी तथा प्रतिकार्यका विषयमा गृहमन्त्रीले सदनलाई स्पष्ट जानकारी दिनुपर्ने माग गरे ।

नेता पुनले ग्यासका साथै किसानले मल नपाएर लाइन बस्नुपरेको, पासपोर्ट बनाउन र खानेपानीका लागिसमेत नागरिकहरू लाइनमा बस्न बाध्य भएको उल्लेख गरे ।

पुरानो प्रवृतिको विरोध गर्दै आएका नयाँ पार्टी सत्तामा पुग्दा पनि समस्या समाधान हुनुको सट्टा थप लाइनहरू मात्र थपिएको भन्दै उनले आलोचना गरे ।

नेता पुनले वर्तमान सरकारले देशको नेतृत्व गरिरहेकाले विगतका स्थापित वा पुराना दलहरूलाई मात्र दोष देखाएर आफ्ना कमजोरी ढाकछोप गर्न नमिल्ने स्पष्ट पारे । 

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १ : ३३ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर