प्रधानमन्त्री बालेन भेट्न पुगे भारतीय सेनाध्यक्ष सेठ (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्री बालेन भेट्न पुगे भारतीय सेनाध्यक्ष सेठ (तस्बिरहरू)


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

जनरल सेठ दिउँसो २:४० बजे प्रधानमन्त्री कार्यालय पुगेका हुन् । उनको आगमनअघि नेपाली सेनाका प्रधानसेनापति पनि प्रधानमन्त्री कार्यालय पुगेका थिए।

भारतीय स्थल सेना प्रमुख सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उक्त सम्मान प्रदान गरेका थिए ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा छ । त्यही परम्पराको निरन्तरतास्वरूप सेनाध्यक्ष सेठलाई यो मानपदवी प्रदान गरिएको हो ।

रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहलाई भेटेर सेठ भारत फर्किँदैछन् । तीनदिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आएका सेठ प्रधानमन्त्री शाहलाई भेटेपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ। उक्त भेटमा सम्भवत: बालेनको भारत भ्रमणबारे पनि कुरा हुन सक्नेछ ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ३ : ०८ बजे

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११:०० बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु