जब सभामुखलाई दङ्ग्याएर झोंक्किँदै संसद्‍बाट हिँडिन् आशिका « Khabarhub

जब सभामुखलाई दङ्ग्याएर झोंक्किँदै संसद्‍बाट हिँडिन् आशिका


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा एउटा विचित्र दृश्य देखियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै बैठक नै बहिष्कार गरेर हिँडेकी हुन्।

कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा मंगलबार परराष्ट्रमन्त्री खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको उनले गुनासो गरिन्।

त्यसपछि उनले थप प्रश्न सोध्न सभामुख डोलप्रसाद अर्यालले समय नदिएको भन्दै उनी संसद् बैठक फन्किएर बाहिरिएकी हुन् ।

पराष्ट्रमन्त्री खनालले जवाफ दिँदा-दिँदै सांसद तामाङले उठेर प्रश्न सोध्न पाउनुपर्ने जिकिर गरेकी थिइन् । तर, सभामुख अर्यालले बोल्न समय दिएनन् । त्यसपछि उनी झोंक्किएर हिँडेकी हुन्।

आशिकाले समय मागेपछि सभामुख अर्यालले दिन इन्कार गरेका थिए । ‘मैले बोल्न समय दिएको छैन, बस्नुस्’, सभामुख अर्यालले भने ।

तर आशिकाले आफूले बोल्न पाउनुपर्ने अडान राखि रहिन् । त्यति गर्दा पनि उनी रोकिइनन्। उनलाई सभामुख अर्यालले सांसद तामाङलाई बैठकको मर्यादा ख्याल गरेर बस्न निर्देशन दिए ।

तर सभामुख अर्यालको निर्देशनपछि उनी झन् आक्रोशित भइन् । त्यसपछि उनी झोंक्किँदै झोला बोकेर संसद् बैठकबाट बाटो लागिन् ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ३ : ४३ बजे

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११:०० बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु