अन्तत: जगन्नाथलाई रोके ओलीले, किरणलाई बागमतीको मुख्यमन्त्री बनाउने निर्णय « Khabarhub

अन्तत: जगन्नाथलाई रोके ओलीले, किरणलाई बागमतीको मुख्यमन्त्री बनाउने निर्णय


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती प्रदेशमा अन्तत: अध्यक्ष केपी शर्मा ओलीको योजना सफल भएको छ।

नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलको बैठकले मंगलबार प्रदेश सभा सदस्य किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

मंगलबार दिउँसो बसेको संसदीय दलको बैठकले भक्तपुरका सांसद थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

बैठकले संसदीय दलका नेतामा भने सांसद जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ ।

अध्यक्ष ओली र सचिव महेश बस्नेतसहितले थपलियालाई रोकेर थापालाई मुख्यमन्त्री बनाउन चाहेका थिए । त्यहीअनुसार थापाको पक्षमा १४ जना सांसदको हस्ताक्षर गराइएको थियो।

बागमतीमा एमालेका २५ जना सांसद छन् । तर नेकपाले साथ दिँदा पनि एमालेलाई बहुमत पुग्दैन। अब त्यहाँ थापालाई मुख्यमन्त्री बन्न राप्रपाका कम्तीमा ६ सांसदको साथ चाहिन्छ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ४ : ०० बजे

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस