पार्टीभित्रका असन्तुष्ट नेताहरूसँग निरन्तर छलफलमा छु : गगन थापा « Khabarhub

पार्टीभित्रका असन्तुष्ट नेताहरूसँग निरन्तर छलफलमा छु : गगन थापा


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरूसँग आफू निरन्तर छलफलमा रहेको बताएका छन् । 

मंगलबार पार्टी कार्यालय सानेपामा १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरूमा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रममा सभापति थापाले औपचारिक रुपमा पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएको भन्दै सबैलाई समेट्न असन्तुष्ट नेताहरूसँग आफू निरन्तर छलफलमा रहेको बताएका हुन् ।

सदस्यता वितरण र निष्पक्षताबारे कसैको पनि असन्तुष्टि, प्रश्न वा आशंका भएमा नयाँ समिति बनाएर वा खुला छलफल गरेर समाधान खोज्न तयार रहेको प्रतिबद्धता जनाए  ।

उनले सम्पूर्ण निर्वाचन प्रक्रियामा सबैले निष्पक्षता महसुस गर्न पाउनुपर्ने र कतै पनि पूर्वाग्रह वा अनियमितता नहुने गरी काम हुनुपर्नेमा जोड दिए । 

सदस्यता प्रणालीलाई डिजिटलाइज गरिएकाले अब सदस्यता स्वतः नवीकरण हुँदै जाने र आगामी अधिवेशनहरूमा हालको जस्तो विवाद र झन्झट सधैँका लागि अन्त्य हुने उनले बताए । 

उनले सीमित समयभित्र धेरै काम सम्पन्न गर्नुपर्ने अवस्था रहेकोले अन्तिम मिति परिवर्तन नहुने गरी असोज १६ अगाडिका अन्य तहका अधिवेशनहरूको विस्तृत कार्यतालिका निर्वाचन समितिले बनाउने र सोही अनुसार सबैले कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ५ : १७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५