कांग्रेस बैठकका निर्णय : संविधान संशोधनका लागि आयोग बनाउन माग « Khabarhub

कांग्रेस बैठकका निर्णय : संविधान संशोधनका लागि आयोग बनाउन माग


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ । 

मंगलबार पार्टी कार्यालय सानेपामा गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको हो । 

सर्वपक्षीय राजनीतिक संवाद र सहभागितामा संविधान संशोधनलाई अघि बढाउनुपर्ने भएपनि सरकार यसतर्फ गम्भीर नदेखिएको कांग्रेसको ठहर छ ।

बैठकले संसद् तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति व्यक्त गर्दै जनप्रतिनिधिलाई उच्च राजनीतिक मर्यादा तथा संसदीय संस्कार कायम राख्न आग्रह गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

सरकारलाई संविधान र कानूनको सीमाभित्र रही शासन सञ्चालन गर्न, संवैधानिक निकायको स्वतन्त्रता कायम गर्न तथा नागरिक एवम् जनप्रतिनिधिप्रति पूर्ण जवाफदेही, पारदर्शी र परिणाममुखी शासन सुनिश्चित गर्न माग गरिएको उनले बताए । 

त्यस्तै बैठकले पारदर्शिताका नाममा सार्वजनिक आह्वान गरी गरिएका नियुक्तिमा अपारदर्शिता र राजनीतिक भर्ती केन्द्र बनाइएको भन्दै गम्भीर चासो व्यक्त गरेको प्रवक्ता चालिसेले बताए ।

त्यसैगरि बैठकले सभापति गगन थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ । पार्टीको महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव पार्टी सभापति थापाले पेश गर्ने र जसमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्त्व दिइने उनले जानकारी दिए ।

यसैगरी पार्टीको १५ औं महाधिवेशन प्रचार प्रसार समिति पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा गठन गरिएको छ । काग्रेसको विधानलाई समय सापेक्ष बनाउँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता चालिसेले बताए । 

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ५ : ४४ बजे

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले