नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत « Khabarhub

नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई १८९ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनायो । 

 नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ४९, इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७/२७, बसिर अहमदले अविजित १९ तथा गुलशन झाले ११ रन जोडे । कर्नाटकका लागि क्रिती एमले आठ ओभरमा एक मेडनसहित २० रन दिएर सर्वाधिक पाँच विकेट लिए ।

एसिसी प्रिमियर कप खेल्न मलेसिया जानुअघि नेपालले भारतमा अभ्यास गरिरहेको हो । प्रिमियर कप ३० अगस्टदेखि आयोजना हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनको सामना गर्नेछ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ५ : ५६ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ