लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे « Khabarhub

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ परेका जेनजी अभियन्ताहरू २२ दिन पछि रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रशासन कार्यालयमा पाँच-पाँच हजार धरौटी राखेर उनीहरू रिहा भएका हुन् ।
रिहा हुनेहरूमा अजय सोडारी, प्रकाश बम र सुनिल बिक छन् ।

सार्वजनिक शान्तिविरुद्धको अभियोगमा उनीहरूलाई साउन २० गते जिल्ला प्राशासन कार्यालय काठमाडौंले एक लाख धरौटी माग गरेको थियो । आदेशअनुसार धरौटी तिर्न नसकेपछि तीनै जना कारागार पठाइएको थियो ।

त्यसपछि बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएका उनीहरूलाई साउन २५ मा उचित धरौटी तिराउन सर्वोच्च आदेश दिएको थियो । उक्त आदेशअनुसार काठमाडौं जिल्ला प्रशासनले उनीहरूलाई जनही ५० हजार धरौटीको माग गर्‍यो । त्यो पनि बुझाउन नसकेर उनीहरू थुनामै बसेका थिए ।

यसविरूद्ध उनीहरूले जिल्ला अदालत काठमाडौंमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पाँच हजार धरौटीको आदेश दियो ।

उक्त आदेशअनुसार धरौटी रकम बुझाएर उनीहरू रिहा भएका हुन् । आन्दोलन गरेकै आधारमा आफूहरूविरूद्ध प्रतिशोध साँधेर सरकारले थुनेको अभियन्ता सोडारीले बताए ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ८ : ३८ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना