लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे « Khabarhub

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ परेका जेनजी अभियन्ताहरू २२ दिन पछि रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रशासन कार्यालयमा पाँच-पाँच हजार धरौटी राखेर उनीहरू रिहा भएका हुन् ।
रिहा हुनेहरूमा अजय सोडारी, प्रकाश बम र सुनिल बिक छन् ।

सार्वजनिक शान्तिविरुद्धको अभियोगमा उनीहरूलाई साउन २० गते जिल्ला प्राशासन कार्यालय काठमाडौंले एक लाख धरौटी माग गरेको थियो । आदेशअनुसार धरौटी तिर्न नसकेपछि तीनै जना कारागार पठाइएको थियो ।

त्यसपछि बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएका उनीहरूलाई साउन २५ मा उचित धरौटी तिराउन सर्वोच्च आदेश दिएको थियो । उक्त आदेशअनुसार काठमाडौं जिल्ला प्रशासनले उनीहरूलाई जनही ५० हजार धरौटीको माग गर्‍यो । त्यो पनि बुझाउन नसकेर उनीहरू थुनामै बसेका थिए ।

यसविरूद्ध उनीहरूले जिल्ला अदालत काठमाडौंमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पाँच हजार धरौटीको आदेश दियो ।

उक्त आदेशअनुसार धरौटी रकम बुझाएर उनीहरू रिहा भएका हुन् । आन्दोलन गरेकै आधारमा आफूहरूविरूद्ध प्रतिशोध साँधेर सरकारले थुनेको अभियन्ता सोडारीले बताए ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ८ : ३८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले