काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान « Khabarhub

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले उत्कृष्ट डेब्यु प्रदर्शन गर्दै टोलीलाई फराकिलो जित दिलाएका छन्। बिहीबार राति इत्तिहाद स्टेडियममा भएको काराबाओ कपको तेस्रो चरणमा साम्बाको दुई गोलको मद्दतले सिटीले नर्विच सिटीलाई ५–० ले पराजित गरेको हो।

क्लब म्यानचेस्टर युनाइटेडका १५ वर्षीय चर्चित फरवार्ड जेजे ग्याब्रिएलले क्लब छाड्न लागेको खबरले चर्चा पाइरहेका बेला साम्बाको यो धमाकेदार प्रदर्शनले सबैको ध्यान आफूतिर खिचेको छ। गत सिजन सिटीको ‘अन्डर–१८’ टोलीबाट उच्च प्रदर्शन गरेका साम्बालाई नयाँ प्रबन्धक एन्जो मारेस्काले यसै समरमा सिनियर टोलीमा बढुवा गरेका थिए।

पहिलो खेलमै प्रभाव छाडेका साम्बाले आफ्नो व्यावसायिक यात्राको सुरुवात मात्र भएको प्रतिक्रिया दिएका छन्। “सिनियर टोलीबाट पहिलो पटक मैदान उत्रिने मौका पाउँछु भन्ने थाहा थियो, तर यस्तो डेब्यु होला भनेर सोचेको थिएन,” बिबीसी रेडियोसँग कुरा गर्दै साम्बाले भने, “यो त सुरुवात मात्र हो, अझै लामो यात्रा बाँकी छ। टोलीका वरिष्ठ खेलाडीहरूको सल्लाह र विश्वासले मलाई मैदानमा खुलेर खेल्न र दुई गोल गर्न मद्दत पुर्यायो।”

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ६ : ४८ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात