कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो « Khabarhub

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अबरुद्ध बनेको सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा लगाइएको एकतर्फी आवागमनको नियम हटाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिए।

यसअघि कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी चाप र जोखिम व्यवस्थापन गर्न गत भदौ १६ गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधनलाई जाँदा त्रिभुवन राजपथ र फर्कँदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी एकतर्फी व्यवस्था मिलाइएको थियो।

मुख्य राजमार्ग खुला भएसँगै उक्त अल्पकालीन व्यवस्था अन्त्य गरी त्रिभुवन राजपथ र कान्ति राजमार्ग दुवैमा पहिलेझैँ नियमित रूपमा दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न दिइएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १० : ४८ बजे

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा