आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो ! « Khabarhub

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् । 

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको बहुप्रतीक्षित ‘झिंगेदाउ–२’, जितु नेपाल स्टारर ‘कार्की साइँला’ र प्रेमकथामा आधारित ‘माया बस्छ कि के हो !’ आजदेखि प्रदर्शनमा आएका हुन् ।

तीनमध्ये ‘झिंगेदाउ–२’ र ‘कार्की साइँला’ ले तुलनात्मक रूपमा राम्रो शो पाएका छन् भने सीमित हलमा लागेको ‘माया बस्छ कि के हो!’ को शो भने न्यून छ । अब दर्शकको रोजाइमा कुन फिल्म पर्छ भन्ने चासो बढेको छ ।

चार वर्षअघि हिट भएको ‘झिंगेदाउ’ को सिक्वेल भएकाले ‘झिंगे दाउ–२’ प्रति सुरुदेखि नै दर्शकको चासो छ । पारिवारिक कथामा बनेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट र आर्यन सिग्देललगायतको अभिनय छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको लेखन गोविन्द फुयाँल र शिशिर चालिसेले गरेका हुन् ।

त्यस्तै, राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ मा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन् । फिल्मले भारी बोक्ने भरियाको जीवन, गाउँमा हुने हेपाइ र दोस्रो विवाहको विषयलाई कथाको केन्द्रमा राखेको छ ।

उता ‘माया बस्छ कि के हो!’ ले अध्ययन तथा रोजगारीका लागि युरोप पुगेका युवायुवतीबीचको प्रेम, समर्पण र मतभेदलाई पर्दामा उतारेको छ। राजु अधिकारी निर्देशित फिल्ममा सोनाल लामा र कस्मता निरौला मुख्य भूमिकामा छन् ।

अब यी तीनमध्ये दर्शकको मन जित्दै बक्स अफिसमा कसले बाजी मार्छ? त्यसका लागि पहिलो दिनको प्रतिक्रिया र आगामी शोले महत्त्वपूर्ण संकेत दिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : ०७ बजे

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा