वडाको कार्यक्रम रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकता प्रयास भइरहन्छ : मीन विश्वकर्मा « Khabarhub

वडाको कार्यक्रम रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकता प्रयास भइरहन्छ : मीन विश्वकर्मा


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले शनिबारबाट सुरू हुने वडा अधिवेशन नरोकिने बताएका छन् ।

बिहीबार शेरबहादुर देउवा पक्षलाई छाडेर गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा सहभागी भएका विश्वकर्माले पार्टीभित्र एकताका लागि निरन्तर छलफल भइरहेको बताए । क्षेत्रीय अधिवेशनसम्ममा पार्टीभित्रको विवाद समाधान हुने गरी छलफल अघि बढिरहेको उनले बताए ।

‘भोलिबाट सुरु हुने वडाको अधिवेशन रोकिँदैन । ७/८ गतेसम्ममा केही कुरा मिल्छ भन्ने तहमा छलफल जारी छ । गगनजी पनि पार्टी एकताका निम्ति तयार हुनुहुन्छ, शेरबहादुर दाइ पनि तयार हुनुहुन्छ । तर बीचमा केही शक्तिहरूमा समस्या देखिएको हो । त्यो टुंगिएर जान्छ,’ विश्वकर्माले खबरहबसँग भने ।

उनले देउवाको साथ छाड्नुको उद्देश्य पार्टी विभाजन गर्नु नभई कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको स्पष्ट पारे ।

‘हामीहरू पार्टी मिलाउनका लागि नै देउबा दाइको साथ छोडेर आएका हौँ । उहाँलाई गलत ठानेर हिँडेका होइनौँ । अब उहाँ नेतृत्वमा आउने विषय छैन, उहाँलाई सम्मानपूर्वक पार्टीमा राख्ने विषय मात्र हो,’ उनले भने ।

विश्वकर्माले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा शीर्ष तहमा निरन्तर संवाद भइरहेको बताए। विश्वकर्मासँग खबरहबले गरेको विस्तृत कुराकानी केही समयपछि प्रकाशित गरिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : ४९ बजे

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा