वडाको कार्यक्रम रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकता प्रयास भइरहन्छ : मीन विश्वकर्मा « Khabarhub

वडाको कार्यक्रम रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकता प्रयास भइरहन्छ : मीन विश्वकर्मा


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले शनिबारबाट सुरू हुने वडा अधिवेशन नरोकिने बताएका छन् ।

बिहीबार शेरबहादुर देउवा पक्षलाई छाडेर गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा सहभागी भएका विश्वकर्माले पार्टीभित्र एकताका लागि निरन्तर छलफल भइरहेको बताए । क्षेत्रीय अधिवेशनसम्ममा पार्टीभित्रको विवाद समाधान हुने गरी छलफल अघि बढिरहेको उनले बताए ।

‘भोलिबाट सुरु हुने वडाको अधिवेशन रोकिँदैन । ७/८ गतेसम्ममा केही कुरा मिल्छ भन्ने तहमा छलफल जारी छ । गगनजी पनि पार्टी एकताका निम्ति तयार हुनुहुन्छ, शेरबहादुर दाइ पनि तयार हुनुहुन्छ । तर बीचमा केही शक्तिहरूमा समस्या देखिएको हो । त्यो टुंगिएर जान्छ,’ विश्वकर्माले खबरहबसँग भने ।

उनले देउवाको साथ छाड्नुको उद्देश्य पार्टी विभाजन गर्नु नभई कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको स्पष्ट पारे ।

‘हामीहरू पार्टी मिलाउनका लागि नै देउबा दाइको साथ छोडेर आएका हौँ । उहाँलाई गलत ठानेर हिँडेका होइनौँ । अब उहाँ नेतृत्वमा आउने विषय छैन, उहाँलाई सम्मानपूर्वक पार्टीमा राख्ने विषय मात्र हो,’ उनले भने ।

विश्वकर्माले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा शीर्ष तहमा निरन्तर संवाद भइरहेको बताए। विश्वकर्मासँग खबरहबले गरेको विस्तृत कुराकानी केही समयपछि प्रकाशित गरिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : ४९ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती