काठमाडौंमा चिनियाँ भिक्षु ह्वेन साङको यात्रा वृत्तान्त ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ विमोचन  « Khabarhub

काठमाडौंमा चिनियाँ भिक्षु ह्वेन साङको यात्रा वृत्तान्त ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ विमोचन 


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ भिक्षु ह्वेन साङले १४ सय वर्षअघि नेपाल तथा भारत भ्रमणका क्रममा लेखेको ऐतिहासिक ग्रन्थ ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करण औपचारिक रूपमा सार्वजनिक गरिएको छ। 

​काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य भवनमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो। 

​यो ग्रन्थ चिनियाँ भिक्षु ह्वेन साङले करिब १४ सय वर्षअघि गरेको नेपाल र भारतको यात्रामा आधारित ऐतिहासिक अभिलेख हो।

​यस कृतिलाई पहिलो पटक पूर्ण रूपमा नेपाली भाषामा अनुवाद गरी सार्वजनिक गरिएको छ।

यस पुस्तकका ​मूल लेखक ह्वेन साङ हुन् । यसका ​चिनियाँ अनुवादक फ छियाङ रहेका छन्। जसलाई ​नेपालीमा दीक्षा ढकालले अनुवाद गरेकी छन् । 

​नेपाल र चीनबिचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन र प्राचीन इतिहास बुझ्न यो पुस्तक उपयोगी हुने विश्वास लिइएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  २ : ३२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल