कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर « Khabarhub

कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको शुक्रबार पूजा–अर्चना गरी आशीर्वाद लिएका छन् ।

कुमारी माजुको दर्शन गर्नुका साथै सभापति राणाले हनुमानढोका दरबार क्षेत्रस्थित मरु गणेश, गुरु गोरखनाथ, तलेजु भवानी, काल भैरव, स्वेत भैरव लगायत मठमन्दिर तथा शक्तिपीठमा पूर्जा–अर्चना गरे ।

इन्द्र जात्राका अवसरमा कुमारीको दर्शन गर्नुलाई अत्यन्तै शुभ र आध्यात्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ । ‘यही मान्यता र परम्परा अनुरूप हामीले आज कुमार माजुको दर्शन गर्‍यौँ, आशीर्वाद ग्रहण गर्‍यौँ र देशमा सुख, शान्ति कायम होस् भन्ने कामना गर्‍यौँ,’ जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले भने ।

सो अवसरमा हनुमान ढोका मठमन्दिर पूजारी समितिका अध्यक्ष इन्द्रमान श्रेष्ठ र इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यले सभापति राणा लगायत पार्टी नेताहरूलाई स्वागत गरेका थिए ।

इन्द्र जात्रामा कुमारीका साथै भैरव र गणेशको रथयात्रा गरिन्छ । जात्राको अवधिभर हनुमानढोका दरबार क्षेत्रमा लाखौँ भक्तजनहरू कुमारी, गणेश र भैरवको दर्शन तथा आशीर्वाद लिन भेला हुने गर्दछन् ।

इन्द्र जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो र महत्त्वपूर्ण सांस्कृतिक उत्सवहरूमध्ये एक हो । आठ दिनसम्म चल्ने यो जात्राले काठमाडौंको ऐतिहासिक धरोहर, जीवन्त संस्कृति र धार्मिक सहिष्णुतालाई झल्काउँछ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ३ : ०५ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण