उत्तरी सागरमा कार्बनडाइअक्साइड भण्डारण सुरु « Khabarhub

उत्तरी सागरमा कार्बनडाइअक्साइड भण्डारण सुरु


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोपेनहेगन– डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड (सीओ₂) भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण (सीसीएस) परियोजनाअन्तर्गत पुरानो तेल प्लेटफर्ममुनि कार्बनडाइअक्साइड भण्डारण सुरु गरिएको जनाएको छ ।

आइएनइओएसका प्रमुख कार्यकारी डेभिड बकनलले ‘ग्रीन्स्यान्ड’ युरोपेली सङ्घ ९इयु० को पहिलो पूर्ण क्षमताको कार्बनडाइअक्साइड भण्डारणस्थल भएको बताएका छन् । उनले यस परियोजनाले युरोपभरि यस्ता परियोजना विस्तारका लागि आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सिमेन्ट तथा स्टिलजस्ता उद्योगबाट हुने कार्बन उत्सर्जन घटाउन कार्बन कब्जा तथा भण्डारण प्रविधिलाई उपयोगी उपायका रूपमा लिँदै आएका छन् । यद्यपि, यो प्रविधि जटिल र महँगो मानिन्छ ।

डेनमार्कको पश्चिमी तटबाट करिब २०० किलोमिटर टाढा रहेको ‘ग्रीन्स्यान्ड’को भण्डारणस्थल निनी वेस्टको पुरानो तेल प्लेटफर्ममुनि रहेको छ । परियोजनाको पहिलो चरणमा वार्षिक चार लाख टन कार्बनडाइअक्साइड भण्डारण गरिनेछ ।

आइएनइओएसले सन् २०३० सम्ममा परियोजनाको भण्डारण क्षमता बढाएर वार्षिक ४० लाखदेखि ८० लाख टनसम्म पुर्‍याउने योजना बनाएको छ ।

कार्बनडाइअक्साइड मुख्यतः डेनमार्कका बायोमिथेन उत्पादन केन्द्रबाट संकलन गरिनेछ । त्यसलाई तरलीकृत अवस्थामा एस्बेर्ज बन्दरगाहबाट जहाजमार्फत उत्तरी सागरस्थित भण्डारणस्थलमा पुर्‍याइनेछ ।

युरोपेली सङ्घले नेट–शून्य उद्योग ऐनअन्तर्गत सन् २०३० सम्ममा वार्षिक कम्तीमा पाँच करोड टन कार्बनडाइअक्साइड भण्डारण गर्ने क्षमता विकास गर्ने लक्ष्य लिएको छ ।

यसअघि छिमेकी नर्वेको ‘नर्दर्न लाइट्स’ परियोजनाले सन् २०२५ अगस्टमा समुद्रको पिँधमुनि रहेको चट्टानी तहमा कार्बनडाइअक्साइड भण्डारण सुरु गरेको थियो । इक्विनोर, शेल र टोटल इनर्जीको लगानी रहेको उक्त परियोजनाले सन् २०३० सम्ममा वार्षिक १५ लाखदेखि ५० लाख टनसम्म कार्बनडाइअक्साइड भण्डारण गर्ने क्षमता पुर्‍याउने योजना बनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : ०२ बजे

अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस

काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय