काठमाडौं– काठमाडौंको जडीबुटी चोकमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ ।
शुक्रबार बा.९३ प ७६७८ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको इन्धन ट्याङ्करले ठक्कर दिँदा ३९ वर्षीया कार्कीको मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।
दुर्घटनामा कार्कीसँगै मोटरसाइकलमा सवार उनका श्रीमान् देवराज कँडेल घाइते भएका छन् । काभ्रेको तेमाल गाउँपालिका–४ घर भएका कँडेलको उपचार जारी छ।
प्रहरीका अनुसार भक्तपुरतर्फ जाँदै गरेको कार्की र कँडेल सवार मोटरसाइकललाई ट्याङ्करले पछाडिबाट हानेको थियो । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।













प्रतिक्रिया