अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस « Khabarhub

अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ चिरनजंग थापालाई सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, भारत, चीन, बेलायत र अस्ट्रेलियासहित १३ देशका लागि नेपाली राजदूत सिफारिस गरेको हो। करिब ६ महिनादेखि रिक्त रहेका १८ राजदूत पदमध्ये सरकारले १३ देशका लागि नाम सिफारिस गरेको हो।

राजदूतमा सिफारिस भएका थापा राष्ट्रिय सुरक्षा, भू–राजनीति तथा अन्तर्राष्ट्रिय मामिलाका जानकारका रूपमा परिचित छन्। सुरक्षा नीति, रणनीतिक मामिला र दक्षिण एसियाली भू–राजनीतिमा उनको दुई दशकभन्दा लामो अनुभव रहेको बताइन्छ।

थापाले अमेरिकाको कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्सबाट पूर्ण छात्रवृत्तिमा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्।

उनले नेपालका सुरक्षा संयन्त्र, विशेषगरी नेपाली सेना र नेपाल प्रहरीको संरचना, सुधार तथा रणनीतिक विषयमा लामो समयदेखि विश्लेषण गर्दै आएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र विभिन्न पोडकास्टमा उनले नेपालको सुरक्षा नीति, क्षेत्रीय रणनीतिक विषय र भू–राजनीतिक चुनौतीबारे आफ्ना धारणा राख्दै आएका छन्।

थापाले एसिया क्षेत्रका लागि अक्सफामको क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन्। सुरक्षा प्रणाली सुधार, संकट व्यवस्थापन, साइबर तथा डिजिटल फरेन्सिक र भू–राजनीतिक विषयमा उनको विशेष रुचि र विज्ञता रहेको छ।

उनले नेपाली सेना तथा नेपाल प्रहरीको सुरक्षा प्रणाली, संस्थागत सुधार र रणनीतिक विषयमा सार्वजनिक रूपमा विश्लेषण गर्दै आएका छन्। पछिल्ला वर्षमा नेपालको बदलिँदो भू–राजनीतिक अवस्था र सुरक्षा चुनौतीबारे उनका विश्लेषणहरू सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्ममा समेत प्रकाशित हुँदै आएका छन्।

मन्त्रिपरिषद्ले सिफारिस गरेपछि थापाको नाम अब संसदीय सुनुवाइ प्रक्रियामा जानेछ। संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएमा राष्ट्रपतिले उनलाई औपचारिक रूपमा राजदूत नियुक्त गर्नेछन्।

नेपालका लागि अमेरिकी राजदूतको जिम्मेवारी सम्हाल्न लागेका थापाको अमेरिका अध्ययन र त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षा मामिलासँगको शैक्षिक पृष्ठभूमिलाई उनको कूटनीतिक यात्राको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ५ : ०३ बजे

रसुवा बाढीमा खोज, उद्धार र राहत पहिलो प्राथमिकता : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रसुवा बाढीपछि अहिले

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु, रूद्रसिंह सचिवमा बढुवा

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु

मनिला- दक्षिणी फिलिपिन्सको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा दुई

काठमाडौंको जडीबुटीमा ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको मृत्यु

काठमाडौं– काठमाडौंको जडीबुटी चोकमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा नेपाली कांग्रेसकी