फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु « Khabarhub

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मनिला- दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक आक्रमणमा कम्तीमा दुई जनाको हत्या गरेको अधिकारीहरूले जनाएका छन् । स्थानीय उद्धारकर्ताहरूले मिन्डानाओको दक्षिण कोटाबातो प्रान्तको बङ्ग नेशनल उच्च माध्यामिक विद्यालयमा भएको गोली हानाहानको बारेमा जानकारी प्राप्त भए पछि घटनास्थलमा पुग्दा एक पुरुष र एक महिलाको मृत्यु भइसकेको जनाएका छन् ।

उनीहरुका अनुसार दुवै जना कक्षा ९ का विद्यार्थीहरू आपदा एजेन्सीका कर्मचारी रिजाली डेडेलललाई उदृत गर्दै एएफपीले जनाएको छ । दक्षिण कोटाबातो प्रान्तीय गभर्नर रेनाल्डो तामायोले बन्दुकधारी पीडितको सहपाठी भएको बताउँदै त्यस स्कुलको कक्षा नौँ को विद्यार्थी रहेको प्रष्ट पारेका छन् । बन्दुकको गोलीले घाइते भएका कम्तीमा तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेकोसमेत उनले बताए ।

तमायोले बन्दुकधारीले हाते बन्दुक प्रयोग गरेर एक्लैले यस्तो घटना घटाएको बताएका छन् । बङ्गाका मेयर अल्बर्ट पालेन्सियाले छुट्टै रेडियो अन्तर्वार्तामा शिक्षा विभागका अधिकारीहरूका छोरा तथा घटनाका सन्दिग्धले घरबाट बन्दुक लिएको बताए । कक्षा ९ का विद्यार्थीले दुईजना साथीलाई लन्चपछि तुरुन्तै घटना घटाउने आफ्नो योजनाबारे चेतावनी दिएकोसमेत उनले बताए ।

प्रहरीले हालसम्म बन्दुकधारीको उमेर पुष्टि गर्न नसकेको जनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको र एएफपीले प्रसारण गरेको भिडियोमा, एक व्यक्तिले स्कुलबाट घाइते बालक जस्तो देखिने वस्तु बोकेको देख्न सकिन्छ ।

मिन्दानाओको अर्को विद्यालयमा आत्महत्या गर्नुअघि एकजना विद्यार्थीले आफ्ना साथीलाई गोली हानेर आत्महत्या गरेको प्रत्यक्ष प्रसारण गरेको एक महिनापछि शुक्रबार यो गोलीकाण्ड भएको हो । सुरक्षा बलियो बनाउन यस महिना फिलिपिन्समा प्रत्यक्ष सुटर अभ्यास गरिएको थियो । पालेन्सियाले शुक्रबार बङ्गाका बन्दुकधारीका आमाबाबु त्यहाँ अभ्यासमा संलग्न रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ५ : ५४ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।