राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा) ले प्रस्तुत गरेको सो प्रस्तावमा छलफल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको जवाफपछि बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

मन्त्री मेतहताले सोसम्बन्धी आवश्यक कानुन यही आर्थिक वर्षभित्र पेस गर्ने प्रतिबद्धता व्यक्त गरिन् । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सोसम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएकाले प्रतिबद्धताबमोजिम कानुन ल्याउन सरकारलाई निर्देशन दिँदै सोको आवश्यक अनुगमनका सभाको सम्बन्धित समितिलाई निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिन् । सभाको आगामी बैठक यही असोज ५ गते सोमबार अपरान्ह १ः१५ मा बस्नेछ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ६ : १३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली