भोटेकोशी बाढीमा ज्यान गुमाएकालाई मजदुरले यसरी सम्झिए (तस्बिरहरू) « Khabarhub

भोटेकोशी बाढीमा ज्यान गुमाएकालाई मजदुरले यसरी सम्झिए (तस्बिरहरू)


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता श्रमिकहरूको सम्झनामा काठमाडौँको वसन्तपुरमा दीप प्रज्वलन गरेको छ।

गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीमा परी ज्यान गुमाएका नागरिकको आत्माको शान्तिको कामना तथा बेपत्ता श्रमिकहरूको सम्झनामा जिफन्टले शुक्रबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा जिफन्टका पदाधिकारी, श्रमिक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दिवंगत नागरिकको सम्झनामा दीप प्रज्वलन गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

जिफन्टका महासचिव लक्ष्मण शर्माले बाढी तथा विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता श्रमिकहरूको खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरे।

 उनले विपत्तिबाट प्रभावित परिवारको उचित व्यवस्थापन, राहत तथा पुनः स्थापनाका लागि राज्यका सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ६ : ५८ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी