आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६ अक्टोबर १८ तारिख। असोज शुक्ल पक्षको अष्टमी तिथि । दशैंको  महाअष्टमी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार हुनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ । पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन राम्रोछ । मनमा खुसी मिल्नेछ । स्वास्थ्यमा सुधारका संकेत  देखिनेछन् । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । बौद्धिक व्यक्तिसँग भेट गरेमा फाइदा हुनेछ ।

मिथुन: दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

कर्कट: दिन सामान्य छ। जोगिएर काम गर्नुपर्ने दिन  छ । सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुने समय छ।

सिंह : दिन राम्रो छ । प्रतिभाको प्रदर्शन गर्ने दिन छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ । योजना सार्वजनिक नगरी कार्यान्वयनमा अगाडि बढ्नु उचित हुन्छ ।

कन्या : तपाईंका लागि आजको दिन सामान्य छ । परिवारमा कामको बोझ थपिनेछ । अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यले साथ दिए पनि काममा आलोचनाको सामना गर्नुपर्ने दिन छ । आज यात्रा  नगर्नु उचित हुनेछ ।

तुला : दिन राम्रो छ । धर्मकर्ममा मन जानेछ । साथीभाइसँग भेट हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।

वृश्चिक : निकै राम्रो छ । डुब्न लागेको धन उठ्ने दिन रहेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच बढ्नेछ । पारिवारिक  मेलमिलाप हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु : दिन राम्रो छ । सोचेको काम बन्दा मन प्रशन्न बन्नेछ । राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ । रमाइलो घुमघामको योजना बन्ने योग छ । मनमा नयाँ अनुभव प्राप्त हुनेछन् ।

मकर : दिन सामान्य छ । तपाईंले गरेको कामको जस अरुले लिनेछन् । राजनीतिमा वितृष्णा बढ्नेछ । परिवारको साथ मिल्नेछ । स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् ।

कुम्भ : दिन सामान्य राम्रो छ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । नयाँ मान्छेसँग कारोबार नगर्नु राम्रो हुन्छ ।

मीन : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्ने छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ५ : ४२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ