दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने « Khabarhub

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ देखि मसान्तसम्म) का विजेता आइतबार घोषणा गरिँदै छ।

नयाँ सडकस्थित विशाल बजार परिसरमा बिहान १० बजे आयोजना गरिने कार्यक्रममार्फत कुल १७ जना भाग्यशाली करदातालाई विजेता चयन गरिने विभागले जनाएको छ।

विभागका अनुसार यो साताको उपहार घोषणामार्फत १६ जनालाई दैनिक १-१ लाख रुपैयाँ (करकट्टी पछि खूद १ लाख ३४ हजार ३३४ रुपैयाँ पाउने गरी) र बम्पर पुरस्कार स्वरूप एक जनालाई खूद ७ लाख ५० हजार रुपैयाँ (करकट्टीबाहेक १० लाख रुपैयाँ) प्रदान गरिनेछ।

विजेताहरूको घोषणा हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले जानकारी दिए।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ७ : ५३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका