कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ « Khabarhub

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार र हतियार तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित जाँच सुरु गरेको छ।

चाडपर्वलाई मात्र लक्षित नगरी सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीस्थित सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ नै स्थापना गरी शनिबार बिहानदेखि नियमित सुरक्षा जाँच थालेको हो।

सशस्त्र प्रहरी बल श्री नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार देशका चार वटा मुख्य नाकामा यसअघि नै केनाइन शाखा सञ्चालनमा आइसकेका छन्। गड्डाचौकीमा स्थापना गरिएको यो शाखा सशस्त्र प्रहरीको देशकै पाँचौँ र सुदूरपश्चिम प्रदेशको हकमा पहिलो केनाइन युनिट हो।

नयाँ स्थापित शाखामा सशस्त्र प्रहरी सहायक निरीक्षक जगदीश भट्टको कमान्डमा ५ जना दक्ष जनशक्ति र दुई वटा तालिमप्राप्त कुकुर खटाइएको छ।

जसमा लेब्राडोर प्रजातिको ‘अल्फा’ (पोथी) ले सीमामा हुने लागूऔषध ओसारपसार र जर्मन सेफर्ड प्रजातिको ‘डेल्टा’ (भाले) ले हातहतियार तथा विस्फोटक पदार्थको खोजी एवं चेकजाँच गर्ने सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले जानकारी दिए।

सीमामा सुरु गरिएको नियमित सुरक्षा जाँचको अनुगमनमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीलगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ९ : ०७ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब