जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग « Khabarhub

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले ७ लाख ८३ हजारभन्दा बढी सहयोग गरेका छन् ।

अस्ट्रेलियामा रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा रहेका जलजला गाउँपालिकाका बासिन्दा आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले  ७ लाख ८३ हजार ३५८ रुपैयाँ ५० पैसा सहयोग गरेको हो ।

अस्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा सङ्कलित उक्त रकम गाउँपालिकाको विपद् कोषमा जम्मा भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार सहयोग रकम बाढीपहिरोबाट क्षति पुगेका निजी आवास तथा भौतिक पूर्वाधारको पुनर्निर्माणमा परिचालन गरिनेछ ।

अध्यक्ष आचार्यले विपद्का बेला सहयोग गर्ने प्रवासी नेपालीप्रति आभार व्यक्त गरे ।

गाउँपालिकाका अनुसार बाढीपहिरोबाट जलजलामा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । थप १४० घर जोखिममा रहेको विवरण सङ्कलन गरिएको छ । फर्से, लामाखेत, ताङवाङ, खानीगाउँ र पालसीङ बढी प्रभावित भएका छन् । नदी तथा खोलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिमसमेत बढेको छ ।

गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले प्रभावित परिवारको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको बताए ।

‘तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा निर्माण गरी बसोबासको व्यवस्था मिलाउने योजना छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।’

उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी आयोजना, सिँचाइ संरचना र विद्यालय भवनको पुनर्निर्माण गर्नुपर्नेछ । जोखिममा रहेका बस्तीको संरक्षण तथा बाढीपहिरो नियन्त्रणका लागि आवश्यक स्रोत जुटाउन सङ्घीय र प्रदेश सरकार, दातृ निकाय तथा अन्य दातासँग समन्वय भइरहेको उनले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  १० : २३ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको