चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह « Khabarhub

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर दसैँ मनाउँदै आएका चितवन कारागारका कैदीबन्दीले यस वर्ष सामान्य रूपमा मात्रै पर्व मनाउने भएका छन् ।

भदौ १० गतेको भोटेकोशी बाढीलगायत विपद्का कारण देश शोकमा रहेकाले दसैँमा पहिलेको जस्तो उत्साह नभएको कैदीबन्दीले बताएका छन् । उनीहरूले सामूहिक भोज तथा मनोरञ्जनका कार्यक्रम नगरी परिवारसँग टीका लगाउने र सामान्य रूपमा दसैँ मनाउने योजना बनाएका छन् ।

विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताइरहेका पदमबहादुर थारू (नाम परिवर्तन) ले अघिल्ला वर्षको तुलनामा यसपटक दसैँ मनाउने उत्साह नरहेको बताए । यस वर्ष शाकाहारी रूपमा दसैँ मनाउने योजना रहेको उनले जानकारी दिए ।

अर्का कैदी कृतन शर्मा (नाम परिवर्तन) का अनुसार विगतका वर्षमा दसैँका अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम र सामूहिक भोज आयोजना गरिन्थ्यो । सामूहिक भोजका लागि राँगा, कुखुरा, बोका र खसीलगायत पशु ल्याएर काट्ने गरिए पनि यस वर्ष त्यस्ता कार्यक्रम नहुने उनले बताए ।

‘कसैले व्यक्तिगत रूपमा खान्छ भने खाओस्, तर यस वर्ष सामूहिक रूपमा हुने कार्यक्रम हुँदैनन्,’ उनले भने । उनका अनुसार दसैँको टीकाका दिन परिवारसँग भेटघाट गरी टीका लगाउनेबाहेक अन्य विशेष कार्यक्रम गर्ने योजना छैन ।

कारागारभित्रका साथीहरू परिवारजस्तै लाग्ने भएकाले विगतका वर्षमा दसैँ मनाउँदा घरको यादले त्यति सताउने नगरेको उनले बताए । तर, यस वर्ष देशमा विपद्ले पुर्‍याएको क्षतिका कारण उत्सव मनाउने मनस्थिति नरहेको उनको भनाइ छ ।

कारागारमा रहेका महिला कैदीबन्दीले पनि यस वर्ष नाचगान तथा अन्य मनोरञ्जनका कार्यक्रम नगर्ने भएका छन् । विगत १० वर्षदेखि कैद जीवन बिताइरहेकी उर्मिला सुब्बा (नाम परिवर्तन) ले बाढीपहिरोका कारण देश शोकमा रहेकाले उत्साहका साथ दसैँ मनाउने अवस्था नरहेको बताइन् । उनीहरूले पनि टीकाका दिन परिवारसँग टीका लगाउने योजना बनाएका छन् ।

कारागार कार्यालय चितवनमा हाल ७३९ कैदीबन्दी छन् । तीमध्ये ४६ महिला र ६९३ पुरुष छन् । कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार यस वर्ष कारागार प्रशासन र आन्तरिक प्रशासनले दसैँलाई सामान्य रूपमा मनाउने योजना बनाएका छन् ।

देशभरका नेपालीमा विपद्का कारण उत्साह कम रहेकाले कारागारका कैदीबन्दीले पनि सामान्य रूपमा दसैँ मनाउने तयारी गरेको उनले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  १० : ३३ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको