रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक « Khabarhub

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध र शुल्क लगाउने व्यवस्था कार्यान्वयन गर्न ६० दिनको रोक लगाएका छन् ।

 विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न समय लिइएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । तर, ट्रम्पको निर्णयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले आलोचना गरेका छन् ।

रुबियोका अनुसार इरानसँगको युद्ध र यमनका हुथी समूहका आक्रमणलगायतका द्वन्द्वले विश्व बजारमा तेल तथा डिजेलको मूल्य बढाएको छ । त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेकाले रुसमाथि प्रस्तावित प्रतिबन्ध र शुल्कको सम्भावित प्रभाव विश्लेषण गर्नुपर्ने उनको भनाइ छ ।

अमेरिकी कङ्ग्रेसले गत महिना पारित गरेको कानुनले रुसी अधिकारी, धनाढ्य वर्ग र वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउनुका साथै रुसी तेल तथा ग्यासका प्रमुख खरिदकर्तामाथि कारबाही गर्न राष्ट्रपतिलाई अधिकार दिएको थियो । युक्रेनविरुद्धको युद्धका लागि रुसले आर्थिक स्रोत जुटाउन नसकोस् भन्ने उद्देश्यले उक्त कानुन ल्याइएको थियो ।

तर, कानुन कार्यान्वयन हुनुभन्दा दुई दिनअघि शुक्रबार ट्रम्पले कार्यकारी आदेशमार्फत ६० दिनको छुट दिएका थिए ।

ट्रम्पको निर्णयप्रति आफ्नै रिपब्लिकन पार्टीका सांसदले समेत असन्तुष्टि जनाएका छन् । रिपब्लिकन सिनेटर थोम टिलिसले निर्णयलाई गैरजिम्मेवार भन्दै ऊर्जा मूल्य घटाउन रुसी राष्ट्रपति पुटिनलाई सहयोग गर्नुभन्दा इरानसँग सम्बन्धित समस्या समाधानमा ध्यान दिनुपर्ने बताएका छन् । अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले पनि निर्णयलाई गल्तीको संज्ञा दिएका छन् ।

रुबियोले भने रुसी डिजेल विश्व बजारमा कुनै न कुनै रूपमा पुग्ने भएकाले त्यसको आपूर्तिबाट अमेरिकाले पनि लाभ लिनु व्यावहारिक हुने तर्क गरेका छन् । सडक निर्माण, कृषि र निर्माण क्षेत्रमा डिजेल महत्त्वपूर्ण इन्धनका रूपमा प्रयोग हुन्छ ।

इरानसँगको युद्धका कारण बढेको इन्धन मूल्य आगामी महिना हुने अमेरिकी मध्यावधि निर्वाचनअघि मतदाताको प्रमुख चासो बनेको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले रुसमाथिका थप प्रतिबन्ध हटाउन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनले ट्रम्पको निर्णयले पुटिनलाई पुरस्कृत गरेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ११ : ४० बजे

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित