१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक « Khabarhub

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन् । उनको संगीत रहेको ‘रातो टीका जमरा’ बोलको गीत सार्वजनिक भएको छ ।

दसैँको उल्लास, रातो टीका, जमरा र परिवारसँगको आत्मीयतालाई समेटेर तयार पारिएको गीतमा कृष्ण विक र जुनु रिजालको स्वर रहेको छ । वेद जोशीको शब्द रहेको गीतमा अधिकारीले संगीत दिएका छन् । महाराज थापाले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

‘चरीररि रै…’ र ‘हो दसैँ आयो’ जस्ता लोकप्रिय दसैँ गीतका सर्जक अधिकारी लामो समयपछि यस विधामा फर्किएका हुन् । नयाँ पुस्ताका गायक कृष्ण विकसँगको सहकार्यमा तयार भएको गीतले दसैँको सांस्कृतिक र पारिवारिक महत्त्वलाई प्रस्तुत गरेको छ ।

गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी सञ्जय विश्वकर्मा (खिम्जन) ले गरेका छन् । भिडियोमा दसैँको रौनक, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिसँग जोडिएका दृश्य समेटिएका छन् ।

दसैँका गीतले चाडपर्वको उल्लाससँगै बाल्यकाल, परिवार र पुराना सम्झनालाई जीवन्त बनाउने गर्छन् । यही भावनात्मक सम्बन्धलाई नयाँ सिर्जनामार्फत निरन्तरता दिने उद्देश्यले ‘रातो टीका जमरा’ तयार गरिएको हो ।

लक्षारा फिल्म्सको प्रस्तुतिमा तयार भएको गीत कृष्ण विकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ११ : ५४ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ