दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला « Khabarhub

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार मुभी मेला’ आयोजना गरेको छ । मेलाअन्तर्गत दर्शकले घरमै बसेर विभिन्न आठ नेपाली फिल्म डिजिटल माध्यमबाट हेर्न सक्नेछन् ।

सिनेमा घरका अनुसार मेलामा ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ उपलब्ध छन् ।

दसैँ–तिहारको लामो बिदामा दर्शकलाई नेपाली फिल्म हेर्ने अवसर उपलब्ध गराउने उद्देश्यले मुभी मेला आयोजना गरिएको हो । यसमार्फत दर्शकले हलसम्म पुग्न वा टेलिभिजनमा फिल्म प्रसारण हुने समय कुर्न नपरी आफूलाई अनुकूल समयमा फिल्म हेर्न सक्नेछन् ।

दर्शकले मोबाइल, ट्याब्लेट, कम्प्युटर तथा स्मार्ट टिभीबाट सिनेमा घरमा उपलब्ध फिल्म हेर्न सक्नेछन् । यसको एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी तथा एलजी वेबओएसमा समेत एप प्रयोग गर्न सकिनेछ । त्यस्तै, क्रोमकास्टको सहायताले मोबाइलमा रहेको सामग्री टेलिभिजनमा हेर्न सकिने सुविधा पनि छ ।

नेपाली फिल्मलाई डिजिटल माध्यमबाट देश तथा विदेशका दर्शकमाझ पुर्‍याउने उद्देश्यले सञ्चालनमा रहेको सिनेमा घरले हलमा प्रदर्शन भइसकेका फिल्मलाई अनलाइनमार्फत उपलब्ध गराउँदै आएको छ । यसले विदेशमा रहेका नेपाली दर्शकलाई समेत नेपाली फिल्म हेर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

दसैँ–तिहारको बिदामा घरमै बसेर मनोरञ्जन लिन चाहने दर्शकका लागि मुभी मेला नेपाली फिल्म हेर्ने विकल्प बनेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  १२ : २५ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ