बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य « Khabarhub

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन्। यस फिल्ममा अक्षय बाघ शिकारी अर्थात् ‘टाइगर हन्टर’को भूमिकामा देखिने भएका छन्।

सन् १९७० को दशकको परिवेशमा आधारित रहने फिल्मको नाम भने सार्वजनिक गरिएको छैन। प्रियदर्शनको निर्देशन करिअरको ९९औँ फिल्मका रूपमा रहने यस परियोजनालाई रमेश तौरानीले निर्माण गर्नेछन्।

फिल्मको छायाङ्कन आगामी नोभेम्बरको अन्तिम साताबाट सुरु गर्ने तयारी छ। करिब तीन महिनासम्म चल्ने छायाङ्कन राजस्थानका जंगल र मुम्बईमा निर्माण गरिने सेटमा हुनेछ। यसका साथै भोपालका विभिन्न स्थानमा पनि छायाङ्कन गर्ने सम्भावनाबारे निर्माण टोलीले अध्ययन गरिरहेको छ।

फिल्ममा अक्षयसँगै अभिनेता अन्नु कपुर र कमेडियन राजपाल यादव पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन्। अभिनेत्रीको छनोट भने टुङ्गिन बाँकी छ। फिल्मको पटकथा प्रियदर्शन र रोहन शंकरले संयुक्त रूपमा लेखेका हुन्।

अक्षय र प्रियदर्शनको सहकार्य सन् २००० मा प्रदर्शन भएको चर्चित कमेडी फिल्म ‘हेरा फेरी’बाट सुरु भएको थियो। त्यसपछि उनीहरूले ‘गरम मसाला’, ‘भागम भाग’, ‘भूल भुलैया’, ‘दे दना दन’ र ‘खट्टा मीठा’जस्ता फिल्ममा सँगै काम गरेका छन्।

यसअघि ‘भूत बंगला’मा पनि सहकार्य गरेका अक्षय र प्रियदर्शनको नयाँ फिल्मले दर्शकमाझ उत्सुकता बढाएको छ। सन् १९७० को दशकको परिवेश, बाघ शिकारीको भूमिकामा अक्षयको प्रस्तुति र प्रियदर्शनको निर्देशनले फिल्मलाई कस्तो रूप दिनेछ भन्ने चासो छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  १ : ०९ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका