‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई « Khabarhub

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना गरेको ‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि वडा नं ५ रतचुरा टोलीले हात पारेको छ । खनियाखर्कस्थित खेल मैदानमा भएको सो प्रतियोगितामा वडा नं १ डुडभञ्ज्याङ दोस्रो, वडा नं ५ खनियाँखर्क तेस्रो र वडा नं १ डुडभञ्ज्याङ टोली सान्त्वना भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजार, दोस्रोले रु ३० हजार, तेस्रोले रु २० हजार र सान्त्वना हुने टिमले रु १० हजारसहित शिल्ड र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न सात वटा टिमले भाग लिएको थियो ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पालिकाले जनाएको छ । उक्त पालिकाले ‘अध्यक्ष कप फुटबल’सहित विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ५ : ४२ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र