जुम्लामा मार्सीधान काट्ने चटारो « Khabarhub

जुम्लामा मार्सीधान काट्ने चटारो


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए ।

किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि जोडिने बताए । उनले अनुसार मार्सीधानखेती गर्ने आफ्नै समय छ, सोही आधारमा जिल्लाका किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त हुने गरेको बताए ।

जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सीधान लगाउने क्षेत्रफल बढ्दै गएको कार्यालयले जनाएको छ । गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने एक हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ ।

अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–१ र चन्दननाथ–३ का साथै लेकाली–१ र लेकाली–३ जातको धान रोप्ने गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ८ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको