काठमाडौँ- नेकपा (एमाले)को राष्ट्रिय भेलामा सहभागी हुन पार्टीका नेता तथा प्रतिनिधिहरू काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आउने क्रम सुरु भएको छ ।
आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको भेलामा केन्द्रीय कमिटीका सदस्यदेखि प्रदेश, जिल्ला तथा पालिका तहका पदाधिकारी र प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद एवं स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता रहनेछ ।
भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । भेलामा वरिष्ठ नेतृ विद्यादेवी भण्डारीसहित पार्टीका अन्य शीर्ष नेताहरूको समेत उपस्थिति रहने जनाइएको छ ।



















प्रतिक्रिया