राष्ट्रपतिले गरे काठमाडौँ-तराई-मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु « Khabarhub

राष्ट्रपतिले गरे काठमाडौँ-तराई-मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना अन्र्तगत मकवानपुर महादेवटार सुरुङको ( ३.३९९ मिटर) बुधबार ‘ब्रैक थ्रु’ गरेका छन् । 

सो समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए  ।

‘विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय रहेको छ’, राष्ट्रपति पौडेलले भने  । 

राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ, पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र क्रियाशील रहेको र काठमाडौँ उपत्यकालाई तराई/मधेशसँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने उनले विश्वास व्यक्त गरे । 

‘यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुने नै छ, राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यो आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु’, राष्ट्रपति पौडेलले भने । 

यस आयोजनाको महत्त्व केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित छैन भन्दै यसले राजधानी काठमाडौँ र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरे । 

‘पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्त्वपूर्ण रहने अपेक्षा गरेको छु, त्यसैले, यो आयोजना निर्माणका लागि कुनै पनि कसर बाँकी नराखी प्रभावकारी समन्वय तथा आआफ्नो जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्दै नेपाली सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु’, उनले भने । 

सो कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकास मन्त्री सुनील  लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधान सेनापति अशोकराज सिग्देललगायतको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ११ : ५० बजे

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- अब समय र खर्च दुवै बचत हुन्छ

काठमाडौं– तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत सबैभन्दा लामो मकवानपुरको महादेवटारस्थित दायाँ

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर)को

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र

एमालेको राष्ट्रिय भेला उद्‌घाटन गर्न ओली कार्की ब्यांक्वेटमा

काठमाडौँ – नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदैछ ।

सुनको मूल्य लगातार ओरालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा आज गिरावट आएको छ