भागवत महायज्ञले जीवन दर्शन सिकाउँछ : गगन थापा « Khabarhub

भागवत महायज्ञले जीवन दर्शन सिकाउँछ : गगन थापा


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरिबोधिनी एकादशी मेलाको अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिकस्थल बुढानीलकण्ठ मन्दिरमा श्रीमद्भागवत सप्ताह आयोजना ज्ञान महायज्ञ सुरु भएको छ । 

मंसिर ८ गतेसम्म चल्ने महायज्ञमा धार्मिक प्रवचन, संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विविध धार्मिक अनुष्ठानहरू सम्पन्न हुने बुढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

श्रीमद्भागवत सप्ताहमा कांग्रेसका सभापति गगन कुमार थापाले श्रीमद्भागवत महायज्ञको पूर्ण सफलताको कामना गर्दै भागवत महायज्ञले जीवन ज्युने, अहंकार र आशक्तिबाट मुक्त हुने, कर्म र करुणाको अर्थ जस्ता जीवन दर्शन सिकाउने बताए । 

वेद विद्याश्रम केवल एउटा विद्यालय मात्र नभई यसले सनातन ज्ञान परम्परालाई जोगाउने वा नजोगाउने भन्ने कुरासँग पनि जोडिएको उनको भनाइ छ । 

उनले अनुष्ठानमा गरिएको दानले पुण्य कमाउने मात्र नभई धर्म, संस्कृति र सभ्यता जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १ : ०८ बजे

कैदमुक्त टोपबहादुर रायमाझी राष्ट्रिय भेलामा सहभागी

काठमाडौं– ज्येष्ठ नागरिक सुविधाअन्तर्गत हालै कैदमुक्त भएका नेकपा एमालेका नेता

फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

मनिला– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग

अमिताभ बच्चन र छोरा अभिषेकलाई ज्यान मार्ने धम्की, बुलेटप्रुफ सुरक्षामाथि नै चुनौती

काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक

भागवत महायज्ञले जीवन दर्शन सिकाउँछ : गगन थापा

काठमाडौं- हरिबोधिनी एकादशी मेलाको अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिकस्थल बुढानीलकण्ठ मन्दिरमा