काठमाडौं– ज्येष्ठ नागरिक सुविधाअन्तर्गत हालै कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् ।
उनी आजदेखि सुरू भएको भेलामा सहभागी हुन बबरमहलस्थित कार्की ब्यांक्वेट पुगेका हुन् । कैदमुक्त भएपछि उनी पहिलोपटक यसरी औपचारिक कार्यक्रममा देखिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएका रायमाझी ६५ वर्ष उमेर पूरा भएपछि २५ प्रतिशत कैद छुट पाएर गत कार्तिक २६ मा डिल्लीबजार कारागारबाट छुटेका थिए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

















प्रतिक्रिया