नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो « Khabarhub

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६२५ दशमलव ०५मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०६ अङ्कले घटेर ४७६ दशमलव १५ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५६ अङ्कले घटेर १८२ दशमलव  २० मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अङ्कले घटेर १६१  दशमलव ४२मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर रु चार अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मूल्यमा खरिद बिक्री भएको छ ।

१३ उपसमूहमध्ये ११ उपसमूह घट्यो भने दुई उपसमूह बढेको छ । ६९ कम्पनीको सेयर बढ्यो भने २०० कम्पनीको सेयर घटेको छ । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड, कुमारी सवल योजना र लिवर्टी इनर्जी कम्पनीलगायतका लगानीकर्ताले आम्दानी गरेका छन् । त्यसैगरी एभरेष्ट कलर, सयपत्री हाइड्रोपावर र सेन्ट्रल फाइनान्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ४ : १५ बजे

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटा समेत रहेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

बराह सहकारी ठगीका मुख्य योजनाकार विश्वकर्मा पक्राउ

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा

मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव

काठमाडौं– सरोकारवालाहरुले मानव बेचबिखन तथा शारीरिक शोषण रोक्नका लागि प्रभावकारी

भोटेकोसी बाढीमा बेपत्ता दोलखाका ५९ जनालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

दोलखा– रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई