सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष वानमिङबीच शिष्टाचार भेट « Khabarhub

सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष वानमिङबीच शिष्टाचार भेट


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग चिनियाँ जनसंघ (चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज) का अध्यक्ष याङ वानमिङले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल र चीनबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै उनले नेपाल ‘एक चीन नीति’ प्रति दृढ रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताउँदै अर्यालले शिक्षा, पर्यटन, संस्कृति, सूचना प्रविधि, कृषि तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे । उनले स्थानीय तह र चिनियाँ प्रान्तबीच भगिनी सम्बन्ध विस्तार, सांसद तथा युवा नेतृत्वको आदानप्रदानका साथै जलवायु परिवर्तन र हिमाली पारिस्थितिक प्रणाली संरक्षणमा सहकार्य आवश्यक रहेको बताए । विपद्का समयमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति उनले आभारसमेत व्यक्त गरे ।

सो अवसरमा चिनियाँ जनसंघका अध्यक्ष वानमिङले दुई देशबीचको परम्परागत मित्रता र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन आफ्नो संस्थाले निरन्तर भूमिका निर्वाह गर्ने बताए । उनले स्थानीय तह र समुदायबीच भगिनी सम्बन्ध तथा आपसी आदानप्रदानका कार्यक्रम विस्तार गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ४ : ४९ बजे

सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष वानमिङबीच शिष्टाचार भेट

काठमाडाैँ – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग चिनियाँ जनसंघ (चाइनिज

एनपीएल इलिमिनेटर : टस जितेर काठमाण्डुविरुद्ध सुरुमा ब्याटिङ गर्दै चितवन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटरमा चितवन

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटा समेत रहेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

बराह सहकारी ठगीका मुख्य योजनाकार विश्वकर्मा पक्राउ

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा