काठमाडौँ – चितवन राइनोजका अनुभवी खेलाडी रवि बोपाराले टी–२० क्रिकेटमा ५ सय खेल पूरा गर्दै ऐतिहासिक माइलस्टोन पूरा गरेका छन् ।
चितवन राइनोजले सामाजिक सञ्जालमार्फत बोपारालाई ५ सय टी–२० म्याचको अविश्वसनीय उपलब्धि हासिल गरेकोमा बधाई तथा शुभकामना प्रकट गरेको छ ।
विश्वभरका टी–२० फ्रेन्चाइज लिगमा लामो समयदेखि प्रभावकारी प्रदर्शन गर्दै आएका बोपाराको यो यात्रा क्रिकेट इतिहासमा एक विशिष्ट विरासतका रूपमा अंकित भएको क्लबले जनाएको छ ।
इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर बोपारा एनपीएलमा चितवनबाट खेल्दै आएका छन् ।














प्रतिक्रिया