आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार । माघ कृष्ण पक्षको औंसी तिथि । तदनुसार सन् २०२६ जनवरी १८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ । बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । विपक्षी साथीले साथ दिनेछन् । कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ । अचानक पेट सम्बन्धी समस्या हुनसक्छ । शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

मिथुन : साथीभाइ दाहिना रहेका छन् । अप्ठेरो अवस्थामा साथीले साथ दिनेछन् । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । कुनै कुराले मन अशान्त बन्नेछ । धार्मिक व्यक्तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ ।

कर्कट : चुनौतीको सामना गर्नुपर्ने समय छ । खर्च बढ्नेछ । अनुत्पादक क्षेत्रको लगानीलाई कटौती गर्नुपर्ने समय छ । स्वास्थ्यको ख्याल नगर्दा रोगले सताउने छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुने भएकाले धैर्यताको आवश्यकता देखिन्छ । परिवारको व्यावस्थापनका लागि चनाखो बन्नुपर्ने समय छ । स्वास्थ्यले साथ दिनेछ ।

कन्या : सम्पत्ति खर्च हुँदा मन अशान्त बन्नेछ । जसले गर्दा उत्पादन घटाउने जोखिम छ । व्यापारमा अगाडि नबढ्नु राम्रो हुनेछ । चिसोबाट सचेत बन्नुपर्ने समय छ । राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ ।

तुला : दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्नु भन्दा एकल लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । राज्यले सेवाको अवसर दिनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुन्छ ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । बोलीका कारण साथीभाइ टाढा हुने भएकाले सचेत बन्नुपर्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी दलभन्दा पनि राज्यको तर्फबाट त्रास बढ्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । धैर्य भएर अगाडि बढेमा नतिजा राम्रो प्राप्त हुनेछ । परिवारसँग मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । वैदेशिक रमझमले मन आकर्षित गर्नेछ । राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मीन : लामो समयदेखि सहकार्य गरेका साथीले विरोध गर्नेछन् । शिक्षाको क्षेत्रमा चुनौती बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा संकटको समाधान हुनेछ । बिहान उठेर गणेशको भजन सुनेमा मन शान्त बन्नेछ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : १८ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको