आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल « Khabarhub

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ।

नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डसँग भिड्दै यो प्रतियोगिताको सुरुवात गर्दैछ।

प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलन गर्दै नेपाली टोलीले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा राखेको छ। नेपाली टोलीकी कप्तान इन्दु वर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै यसपटक कम्तीमा सुपर सिक्स भित्रपर्ने गरी खेल्ने दाबी गरेकी छन्।

प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन्। यीमध्ये नेपालले नेदरल्याण्ड, थाइल्याण्ड र अमेरिकी टोलीसँग अभ्यास खेलसमेत खेलेको छ। अभ्यास खेलले नेपाली टोलीलाई बलिया प्रतिद्वन्दीसँग कसरी खेल्ने र खेललाई आफ्नो पक्षमा पार्ने भन्ने सिकाएको कप्तान बर्माको भनाइ छ।

महिला क्रिकेटतर्फ देशले आयोजना गर्न लागेको हालसम्मकै ठूलो प्रतियोगिता हो। यस्तो प्रतियोगिताले नयाँ पुस्तालाई अघि बढ्ने अवसर प्रदान गर्ने कप्तान इन्दुको भनाइ छ।

कार्यक्रममा नामिबिया, अमेरिकासहित टिमका कप्तानले पनि अभ्यास खेलले नेपाली क्रिकेटको पिच र मैदानको अवस्था बुझ्ने बताउँदै यो प्रतियोगिताका लागि उत्कृष्ट तयारी बन्ने उल्लेख गरेका छन्।

आइतबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेल नेपालले थाइल्याण्डसँग खेल्नेछ। नेपाल र थइल्याण्डको खेल आइतबार बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : ४८ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख