तन्नेरीको काँधमा कांग्रेस « Khabarhub

तन्नेरीको काँधमा कांग्रेस

बुढाको बिदाइ, नयाँलाई शुभकामना



आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए । उनी नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनका एक खम्बा नै हुन, जो जसलाई वीपी, किशुनजी, गणेशमान, गिरिजाप्रसाद लगायत सबैले पत्याएका थिए । तर २०४८ पछि जब उनले आफ्नो जीवनलाई पारिवारिक जीवनमा ढाले तब उहाँको बारेमा अमेरिकी लेबितिर लागेको, राजनीतिमा परिवार र पत्नीको वशमा परेको भन्ने चर्चा थाहा पाइयो । भिम श्रेष्ठ भन्ने उहाँको साथीले मलाई धेरै सुनाएको थिए । म त धेरै राजनीतिमा लागेर हिँडने नभए पनि राजनीति विचार शुद्ध, लोक कल्याणकारी होस्, बनाइयोस भन्ने पक्षमा चिन्तन गर्ने मानिस हुँ ।

जब २०५९ सालमा प्रकाशमान सिंह र शेरबहादुरजीलाई तात्कालीन राजाले थुनामा राखेर लोकतन्त्रमा धावा बोले अनि मैले शेरबहादुरजी माथि अन्याय भयो, उहाँ प्रजातान्त्रिक कांग्रेसको भए पनि हिजो २०४६ र सो भन्दा अगाडि सँगसँगै गोली खान तयार भएको मान्छे जेलमा पर्दा रमिता हेर्न हुँदैन भनेर बोलेँ । उहाँलाई थुन्नु हुँदैन भन्ने अभियानमा लागेर हामीले कानूनी लडाइँ लडेका थियौं ।

विगतको निर्वाचनमा त प्रकाशमानजीलाई हामीले साथ दिएको नै हो । मेरा विद्यार्थी हिरा शाक्यजीले भनेको आधारमा सहयोग गरेको हो । मेरो मनले यिनीहरुले काम दिँदैनन् भन्ने नै थियो । कहिलेकाहीँ मनले नमानेको तर साथीलाई साथ दिनका लागि पनि यस्तो पर्दोरहेछ । यी सबै विगतको इतिहास भइसकेका छन् । सम्झना गरिने छ । तर कोट्याएर समय खेर फाल्नु हुँदैन।

कि त नियमित महाधिवेशन गर कि त विशेष महाधिवेशन गर भन्नु जायज माग थियो । तर बहाना बनाएर दुवै रोक्नु नेपाली कांग्रेसका लागि देउवाले गरेको बदमासी हो ।

कि त नियमित महाधिवेशन गर कि त विशेष महाधिवेशन गर भन्नु जायज माग थियो । तर बहाना बनाएर दुवै रोक्नु नेपाली कांग्रेसका लागि देउवाले गरेको बदमासी हो । बहुमतले निर्णय गरी आलटाल गर्नु भनेको अवधिखेर फालेर शासनसत्ता लम्ब्याउने खेल थियो । त्यो खेलको नतिजा अहिले देखिएको छ ।

भन्दै २४ गतेपछि नै पार्टीमा यसको माग भइरहेको थियो तर सभापति र बहुमत उनका समर्थक हलो अडकाएर गोरु चुटने खेलमा लागे । बहानाबाजी गरेर शासन सत्ता कब्जा गरी शक्ति हातमा लिएर श्रोत साधन दोहन गर्ने पक्षमा सक्रिय भए । विगतको निर्वाचनमा पनि नेपाल कम्युनिष्ट पार्टी माओवादीसंगको गठबन्धन शेरबहादुरका कारणले गरेको थियो तर राजनीतिक दर्शन, सिद्धान्त र सवैधानिक मान्यताले मान्न सकिदैनथ्यो ।

यो पवित्र, सैद्धान्तिक र संविधान सम्मत थिएन । जो निर्वाचन अगाडि नेपालको राजनीतिक परिस्थितिमा गर्न मिल्दैनथ्यो । माओवादीका लागि भने फाइदाजनक र उपयोगि हुन्थ्यो । किनकि उनीहरुको दर्शन, चिन्तन मान्यता, सिद्धान्त र जाने बाटो पनि एमाले र समाजवादीका साथ मिल्दथ्यो । यो राजनीतिको तानावाना शेरबहादुरजीले बुझेका थिएनन, उनले जो जानेका बुझेका थिए, त्यो परम्परागत कल्पनामात्र थियो ।

समय, प्रविधि र माध्यमले उनको सोचलाई बेकामे सावित गरेको थियो । तर शक्तिमा उनी नै थिए । आखिर गठबन्धन गरेर छाडे मैले त त्यस अवस्थामा नै ठगबन्धन हो भन्ने लेखेको थिएँ ।

आयोगको निर्णय दुर्भाग्यपूर्ण होइन, थिएन, छैन । बरु देउवाजी र साथी तिमीहरुको काम दुर्भाग्यपूर्ण छ ।

अहिले पनि विशेष महाधिवेशनले जे जस्तो काम गरेर अगाडि बढयो, त्यो सही र विधिसम्मत देखिन्छ । त्यो सबै कामको विवरण अभिलेख निर्वाचन आयोगमा पुगेर सविधान, कानून र नजिरमा टेकेर निर्णय भइसकेको छ ।

आयोगको निर्णय दुर्भाग्यपूर्ण होइन, थिएन, छैन । बरु देउवाजी र साथी तिमीहरुको काम दुर्भाग्यपूर्ण छ । किन शेरबहादुर देउवाजीलाई पिटियो ? के पिटन हुन्थ्यो ? म भन्छु– अहँ हुँदैनथ्यो । जनता ज्यादै आक्रोशित थिए । हुललाई रोक्न, छेक्नका लागि हज्जारौ शुभचिन्तक जानुपर्ने होइन ? खोइ गएको ? खोई जोगाएको ?

तात्कालीन प्रधानमन्त्री केपी ओलीजीले भन्नुभयो कि उहाँलाई सुरक्षा निकायले भनेजस्तो गरी सहयोग गरेन । यो सत्य थियो । किन शेरबहादुर देउवा आफ्नो घरमा नै बस्नुभयो ? लोकतन्त्रवादी भएर मात्र हो कि पैसा र धन सम्पत्तिको लाेभले हो ? पैसामा ठूला पदहरु बिक्री गर्ने काम हुन्थ्यो भन्ने जनताको बुझाई थियो । धेरै पद, ठूला ठेक्काका काम, पैसामा बेचिन्छन् भन्ने जनताको विश्वास थियो । यसरी उनीहरुले नेता तीनजना मिलेर अकुत सम्पत्ति थुपारेर विदेशमा लगानी गरेका छन् भन्ने जनताको बुझाई अहिले पनि छ ।

यो सही सत्य रहेछ भने त के शेरबहादुर देउवाले गरेको काममा आम नेपाली कांग्रेस जनताको सहमति हुन्थ्यो त ? यो ८२ वर्षको उमेर पनि राजनीतिमा सक्रियता रहने हो कि ? के रिटायर्ड भएर विरासत जिम्मा लगाउने बेला थियो ? हामीले पनि त भन्नु पर्दथ्यो नि ।

एक वकील भएको नाताले मलाई लाग्दछ कि मैले लिएको र बहस गरेका सबै मुद्दामा मेरो जित हुँदैन । मैले मेरो पक्षलाई भन्न र मनाउन पनि सक्नु पर्दछ । म नैतिकवान र अनुशासित छु भने मलाई पक्षले विश्वास गर्दछ । राजनीतिमा पनि विचारको धार पक्ष वा विपक्ष हुन्छ । तर त्यसले विभाजन ल्याउन गर्न र गराउन हुँदैन । तबमात्र प्रजातन्त्र कल्याणकारी प्रणाली सावित हुने छ ।

यहाँ प्रश्न उठछ कि त्यत्रो विशाल पार्टी नेपाली कांग्रेसले आपनो विधान मान्नु पर्ने कि नपर्ने ? विधान नै नमान्नेले संविधानको पालना र मान्यता गर्दछ ? सविधानको पालना गराउनका लागि काम व्यवहार गरेर प्रमाणित गर्ने हो कि अनावश्यक तर्क, गरेर ? अनि यस्तो हजाराैँ गलत कामले सधै मान्यता किन कसरी पाउछ ?

अबको दिनमा नेपाली कांग्रेसलाई गतिशील बनाउन त्यो विशेष महाधिवेशनले मान्यता पाउन पर्ने थियो, पायो । पाइरहन्छ । किनकि यो विधिसम्मत, व्यवहार सम्मत र समयानुकूल छ । खेती किसानी काम गर्दा पनि बलियो गोरु जोत्नका लागि हली पनि युवा, बलियो चाहिन्छ, तब उसले राम्ररी हलो नछोडी जोत्दछ ।

बरु जो जसले हिजो देउवालाई यस्तो राय सरसल्लाह दिए, उहाँहरुको भाग्य राहु, केतु, उल्का भ्रामरीले घेराबन्दी गरेको नै हो । देउवासँगै भाउजू डा. आरजुलाई मेरो विनम्र अनुरोध छ कि तपाईंले शासन र सत्ताको मोह छोड्नुस ।

तपाईंको जिम्मेवारीमा मेरो प्रश्न होइन, छैन । तर तपाईंले आफ्नो पुत्रमोह, धन सम्पत्ति मोह, कुशासन र मूल्य मान्यताको विपरीत गरेको भन्ने दोषारोपण धेरै पटक मैले सुनेको छु । म र मेरा साथीहरु धेरै जना शेरबहादुरजीको शुभचिन्तक नै हौ । तर उमेर, अवस्था र बुढयाइँले गर्दा अब शेरबहादुरजीले नेपाली कांग्रेसको हलो जोत्न नसक्ने निक्र्योल भइसक्यो। गोरु धेरै तन्नेरी भएपछि हली पनि लाठे, बलियो युवा चाहिन्छ । बुढाको बिदाइ, नयाँ पुस्तालाई शुभकामना ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ३७ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १