काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने « Khabarhub

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा दिँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय स्रोतका अनुसार आज मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपा बैठकमा सहभागी हुनेछन् ।

महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन दिउँसो २ बजे सुरु हुने रास्वपा केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन्। रास्वपाको आजको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फबो सिट टुंगो लगाउने छ ।

बालेनले रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका छन् । बालेनले केपी ओलीसँग झापा गएर चुनाव लड्ने निर्णय गरेका हुन् ।

रास्वपाले बालेनलाई पार्टीको वरिष्ठ नेता बनाएर भावी प्रधानमन्त्रीका रुपमा चुनावमा अगाडि सार्ने सहमति गरिसकेको छ ।

रास्वपाले बैठक अगाडि घण्टी घरमा बालेनलाई भव्य स्वागतको तयारी गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ३२ बजे

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि