काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड मैदानमा रहेका छन् ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्याण्डले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङमा उत्रिएको छ ।
हालसम्म नेपाल र थाइल्यान्डबीच कूल सात पटक प्रतिस्पर्धा भएको छ । नेपाल सातै भेटमा थाइल्यान्डसँग पराजित भएको छ ।
प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन् ।
यसबाट छनोट हुने चार टिम पाँच महिनापछि इंग्ल्यान्ड र वेल्समा हुने टी–२० महिला विश्वकप खेल्नेछन् । विश्वकपमा कुल १२ टिम हुनेछन् ।
प्रतियोगिताको समूह ए मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी (पिएनजी) र अमेरिका छन् ।
यस्तै, समूह बी मा नेपाल र थाइल्यान्डसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, र जिम्बावे छन् ।













प्रतिक्रिया