रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु « Khabarhub

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गौर–गङ्गापिपरा सडकखण्ड अन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा भारत विहार राज्यको जिल्ला पिपराढी थानाअन्तर्गतको महनपुर–६ का मिन्टु पासवानको मृत्यु भएको हो ।

उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए ।

दुवै जना मदिरा सेवन गरेर अत्यधिक तीव्रगतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बस्यालले जानकारी दिए । गम्भीर घाइते रमेशको प्रादेशिक अस्पताल गौरमा उपचार गरेर थप उपचारका लागि बाराको एसएस न्यूरो अस्पतालमा पठाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : ४४ बजे

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको